काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार सरस्वती युथ क्लब र झम्सिखेल युथ क्लबले बराबरी खेलेका छन् ।
एन्फा कप्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा सरस्वती र झम्सिखेलले १-१ गोलको बराबरी खेलेको हो ।
खेलको २२ औं मिनेटमा सन्जिब लामाले गोल गर्दै सरस्वतीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको पहिलो हाफको इन्जुरी समयमा तीर्थ बहादुर बस्नेतले गोल गर्दै झम्सिखेललाई १-१ गोलको बराबरीमा ल्याए ।
बराबरीसँगै सरस्वतीले २ खेलमा ४ अंक जोडेको छ ।
झम्सिखेलले २ खेलमा १ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।