मध्यपुरको विजयी सुरुआत

काठमाडौं । सहिद स्मारक बी डिभिजन अन्तर्गत मध्यपुर युथ एसोसियसनले विजयी सुरुआत गरेको छ ।
एन्फा कम्पलेक्समा शुक्रबार भएको खेलमा मध्यपुरले सामाजिक युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
मध्यपुरका लागि सञ्जीब थापा मगरले दुई गोल गर्दा सन्नी लामा, धिरज श्रेष्ठ र जेनिश प्रजापतिले एक–एक गोल गरे ।
सामाजिक युवाका लागि विकास दर्जी र बसन्त बहादुर रानाले एक–एक गोल गरे ।
खेलको चौथों मिनेटमा सन्नी लामाले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएका थिए ।
सञ्जीबले खेलको आठौं मिनेटमा मध्यपुरको अग्रता दोब्बर बनाएका थिए ।
तर सामाजिक युवाका लागि विकास दर्जीले १६ औं मिनेट तथा बसन्त बहादुर २१ औं मिनेटमा गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।
सञ्जीबले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मध्यपुरलाई पुन अग्रता दिलाउदा धिरजले ५४ औं मिनेट तथा जेनिशले ७४ औं मिनेटमा गोल गर्दै मध्यपुरको जित सुनश्चित गरे ।






-1762997834781.jpeg&w=3840&q=75)


-1763024272658.jpeg&w=3840&q=75)



