विराज रेजर्समा अनुबन्धित
शुक्रबार, २० फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर तथा पूर्वकप्तान विराज महजर्न नेपाल सुपर लिग (एनएसएल) काठमाडौं रेजर्सबाट खेल्ने भएका छन् ।
काठमाडौंमा जारी एनएसएलको अक्सनबाट रेजर्सले विराजलाई टिममा भित्र्याएको हो ।
विराज रेजर्समा १ लाखमा अनुबन्धित भएका छन् ।
उनले यस पटक सहिद स्मारक ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेलेका थिए ।
#Biraj Maharjan












