विक्रम लामा अनसोल्ड
शुक्रबार, फागुन २०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विक्रम लामालाई नेपाल सुपर लिग (एनएसएल) का लागि कुनै पनि टिमले खरिद गरेनन ।
काठमाडौंमा जारी खेलाडी अक्सनका क्रममा लामा अनसोल्ड रहे ।
सहभागी १० वटै टिमले लामालाई खरिद गर्ने इच्छा देखाएनन् ।
उनी थ्री स्टारबाट ए डिभिजन लिग खेल्ने गरेका छन् ।
तर पछिल्लो समय भने उनी चोटग्रस्त रहेका छन् र मैदानमा फर्किन संघर्षरत छन् ।
#विक्रम लामा






-1762997834781.jpeg&w=3840&q=75)


-1763024272658.jpeg&w=3840&q=75)



