काठमाडौं । राष्ट्रिय टोलीका डिफेन्डर सुमन अर्याल नेपाल सुपर लिग (एनएसएल) टिम बुटवल लुम्बिनीमा अनुबन्धित भएका छन् ।
राजधानीमा जारी अक्सनबाट बुटवलले सुमनलाई महङ्गो मुल्यमा अनुबन्ध गरेको हो ।
बुटवलले गोल्डेन बजर्समार्फत ३ लाख ५० हजारमा सुमनलाई किनेको हो । सुमन आर्मी क्लबबाट ए लिग खेल्ने गर्छन ।
सुमन राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य हुन् । उनलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नियमित रुपमा टिममा स्थान दिदै आएका छन् ।
उनले नियमित रुपमा राष्ट्रिय फुटबल टिमबाट खेल्दै आफुुलाई प्रमाणित गर्दै आएका छन् । घरेलु लिगमा समेत राम्रो लयमा देखिएका सुमनलाई क्लबले महङ्गो मुल्य हालेको हो ।
सुमन घरेलु फुटबलमा मेहनती फुटबलर मानिन्छन् । विभागीय टिम आर्मीका मुख्य डिफेन्डर रहेका सुमनको उत्कृष्ट प्रर्दशनमा क्लबले सहिद स्मारक लिगमा दोस्रो स्थान हात पारेको थियो ।