मनिस डाँगी विराटनगर एफसीमा आवद्ध
शुक्रबार, फागुन २०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि मनिस डाँगी विराटनगर एफसीमा आवद्ध भएका छन् ।
काठमाडौंमा जारी अक्सनबाट विराटनगरले मनिसलाई बेस प्राइसमा मनिसलाई खरिद गरेको हो ।
ग्याटेगोरी एबाट मनिसलाई विराटनगरले १ लाख ५० हजारमा भित्र्याएको हो ।
मनिस सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रबाट खेलेका थिए ।
राष्ट्रिय फुटबल टिमका उदयीमान स्टार मानिएका मनिसले लिगको दौरान चोट बोकेका थिए ।
उनी हस्पिटलबाट निको हुँदै मैदान फर्कने तयारी गरेका छन् ।
राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गर्ने मनिसले घरेलु लिगमा भने राम्रो प्रभाव छाड्न सकेका छैनन् ।
तर गत सिजनको विराटनगरले मनिसमाथि विश्वास गर्दै दोस्रो सिजनका लागि समेत क्लबमा अनुबन्ध गरेको हो ।
#नेपाल सुपर लिग






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)





