एन्फा लिग संयोजकबाट शर्माको राजिनामा
शुक्रबार, फागुन २०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । विज्ञानराज शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग संयोजकबाट राजिनामा दिएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सको निर्देशक रहेका शर्माले एनएसएलको अक्सन हुन अघि राजिनामा दिएका हुन् ।
शर्माले एन्फा र रेजर्स दुबैको जिम्मेवारी सँगसँगै काम गर्दा अप्ठ्याराहरु उत्पन्न हुने तथा नैतिकताको प्रश्नहरु जोडिने भन्दै राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख गरेका छन् ।
एनएसएलको अक्सन शुक्रबार हुदैछ ।

#विज्ञानराज शर्मा






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)





