एभर्टन अन्तिम आठमा
शुक्रबार, २० फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब एभर्टन एफए कप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा बोरेहम उडलाई २-० गोल अन्तरले हराउँदै एभर्टन क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
एभर्टनको जितमा दुबै गोल सालोमोन रोनडोनले गरे ।
खेलको ५७ औं मिनेटमा रोनडोनले गोल गर्दै एभर्टनलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा रोनडोनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई २-० को जित दिलाए ।
अब एभर्टनले क्वाटरफाइनलमा क्रिस्टल प्यालेसको सामना गर्नेछ ।
एभर्टन अन्तिम आठमा







_1727591754-1766731628489.jpg&w=3840&q=75)


-1766811430207.jpeg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)