काठमाडौं । रुसले फिफा र यूईएफएको प्रतिबन्धविरुद्ध अपिल गर्ने भएको छ ।
रुस फुटबलको सर्वोच्च निकाय रसियन फुटबल युनियनले फिफा र यूईएफएको लगाएको प्रतिबन्धविरुद्ध अपिल गर्ने जनाएको छ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसमाथि प्रतिबन्ध गरेको थियो ।
फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको थियो ।
तर, रुसले खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा अपिल गर्ने भएको हो ।
फिफाको प्रतिबन्धसँगै रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न पाउने छैनन्।
यस्तै रुसी क्लब मस्को युरोपा लिगबाट बाहिरिएको छ ।