पोखराको मुख्य प्रशिक्षक नविन, मार्की खेलाडी सुजल
बिहिबार, १९ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को टिम पोखरा थण्डर्सले नविन न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
पोखराले बिहीबार सामाजिक संजालबाट दोस्रो संस्करणका लागि नविनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ।
यस्तै पोखराले मार्की खेलाडीमा राष्ट्रिय टोलीका सदस्य सुजल श्रेष्ठलाई अनुबन्ध गरिएको जनाएको छ ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।
दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।
पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
पोखराको मुख्य प्रशिक्षक नविनमार्की खेलाडी सुजल












