काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को टोली धनगढी सिटी एफसीले युगल किशोर राईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
धनगढीले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै दोस्रो संस्करणका लागि राईलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।
यस्तै धनगढीले मिन बस्नेतलाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ ।
राई र मिन पहिलो संस्करणमा समेत धनगढीमै रहेका थिए ।
प्रशिक्षक राई र मिनले ए डिभिजन लिगमा हिमालयन शेर्पा सम्हालेका थिए ।

धनगढीले मार्की खेलाडीमा विशाल राईलाई नियुक्त गरिसकेको छ ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।
दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।
पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।