काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा श्री कुमारी क्लब र नयाँ बस्ती युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा श्री कुमारी र नयाँ बस्तीले २-२ गोलको बराबरी खेलेका छन् ।
खेलको २२ औं मिनेटमा अबय धिमालले गोल गर्दै नयाँ बस्तीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ४८ औं मिनेटमा सृजन राज गौतमले गोल गर्दै श्री कुमारीलाई १-१ गोलको बराबरीमा ल्याए ।
६८ औं मिनेटमा सुमन योज्ञाले गोल गर्दै नयाँ बस्तीलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा नीर बहादुर आलेले गोल गर्दै श्री कुमारीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै आफ्नो पहिलो खेलमा नयाँ बस्ती र श्री कुमारीले १-१ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।