काठमाडौं । चर्च ब्वाइज क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा टुसाल युथ क्लबलाई ५-२ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले सुखद सुरुआत गरेको हो ।
चर्च ब्वाइजको जितमा आशिष चापागाईले ह्याट्रिक गरे ।
खेलको छैटौं मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अगरता दिलाएका थिए ।
खेलको १७ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
खेलको २१ औं मिनेटमा विकाश राईले गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।

आशिषले खेलको ३३ औं मिनेटमा ह्याट्रिक पूरा गर्दै चर्च ब्वाइजलाई ४-० को अग्रता दिलाए ।
खेलको ७२ औं मिनेटमा टुसालका गिलेस्पी जंग कार्कीले पेनाल्टीमा गोल गर्दै खेल ४-१ को स्थातिमा ल्याए ।
खेलको ८५ औं मिनेटमा कुबेर न्यौपानेले गोल गर्दै चर्च ब्वाइजलाई ५-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा टुसालका उत्तम शाहीले गोल गरेपनि चर्च ब्वाइज ५-२ ले विजयी भयो ।
जितसँगै चर्च ब्वाइजले ३ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।