विष्णु मुख्य प्रशिक्षक, रंजित मार्की खेलाडी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) टिम विराटनगर सिटी एफसीले विष्णु गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
विराटनगरले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै नयाँ सिजनको लागि विष्णुलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
विष्णुले ए डिभिजन लिगमा संकटा क्लब हेरेका थिए ।
विराटनगरले मार्की खेलाडीमा रंजित धिमाललाई निरन्तरता दिएको छ ।
रंजित पहिलो सिजनमा समेत मार्की खेलाडी रहेका थिए । उनले कप्तानी समेत गरेका थिए ।
त्यस्तै विराटनगरले विदेशी खेलाडीको रुपमा उल्रिच सिवेलाई अनुबन्ध गरिएको जनाएको छ ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।
दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।
पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






