युभेन्ट्सको जितमा आत्मघाती गोल
बिहिबार, फागुन १९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई १-० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा आत्मघाती गोल निर्णायक गोल रह्यो ।
खेलको इन्जुरी समयमा फियोरेन्टिनाका लोरेन्जो भेनुटीले आत्मघाती गोल गरेका थिए ।
यस जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
दुई टोलीबीचको दोस्रो लेग आगामी अप्रिल २० मा हुनेछ ।
युभेन्ट्सको जितमा आत्मघाती गोल






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






