चेल्सी क्वाटरफाइनलमा
बिहिबार, फागुन १९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा लुटोन टाउनलाई ३-२ गोल अन्तरले हराउँदै चेल्सी अन्तिम आठमा पुगेको हो ।
खेलमा सुरुआती अग्रता भने लुटोन टाउनले बनाएको थियो ।
दोस्रो मिनेटमा रिस बुर्केले गोल गर्दै लुटोनलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, २७ औं मिनेटमा सउल निगुएजले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४० औं मिनेटमा ह्यारी कोर्निकले गोल गर्दै लुटोनलाई पुन: २-१ को अग्रता दिलाए ।
खेलको ६८ औं मिनेटमा टिमो वेर्नेरले गोल गरेपछि चेल्सीले खेल २-२ को स्थितिमा ल्यायो ।
त्यसपछि खेलको ७८ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई ३-२ को जित दिलाए ।
चेल्सी क्वाटरफाइनलमा






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






