लिभरपुल अन्तिम आठमा
बुधबार, फागुन १८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुल एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा नर्विच सिटीलाई २-१ गोल अन्तरले हराउँदै लिभरपुल अन्तिम आठमा पुगेको हो ।
लिभरपुललाई जित दिलाउन ताकुमी मिनामिनोले दुई गोल गरे ।
नर्विचका लुकास रुपले एक गोल फर्काए ।
खेलको २७ औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३९ औं मिनेटमा मिनामिनोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा नर्विचका रुपले गोल गरेपनि लिभरपुल २-१ ले विजयी भयो ।
साउथह्याम्पटन पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
साउथह्याम्पटनले वेस्ट ह्याम युनाईटेडलाई ३-१ गोल अन्तरले हरायो ।
लिभरपुल अन्तिम आठमा






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






