रोमनले चेल्सी बेच्ने
बुधबार, फागुन १८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले क्लब बेच्ने भएका छन् ।
रोमनले बुधबार एक विज्ञप्ति निकाल्दै आफुले चेल्सी बेच्ने निर्णय गरेको बताएका छन् ।
लण्डन क्लबका मालिक रोमनले क्लबको हितलाई ध्यानमा राखेर चेल्सी बेच्ने निर्णय गरेको जनाएका छन् ।
रोमनले २००४ मा चेल्सी किनेका थिए ।
तर, हालै उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ ।
उनी ईन्भेष्टर भिसामा बेलायत बस्दै आएका थिए । उनको भिषा अवधि सकिएको छ ।
युक्रेनमाथि रुसले आक्रमण थालेपछि बेलायतले रुसी नागरिकलाई भिषा दिन आनाकानी गरिरहेको छ ।
त्यहिँ कारण रोमनले बेलायतमा बस्ने अनुमति नपाएको बताईएको छ ।
रोमनले चेल्सी बेच्ने






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






