विशाल धनगढीको मार्की खेलाडी
बुधबार, फागुन १८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) टिम धनगढी एफसीले राष्ट्रिय फुटबल टिमका सदस्य तथा मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
धनगढीले बुधबार सामाजिक संजालबाट विशाललाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ ।
विशाल लगातार दोस्रो सिजन धनगढीको मार्की खेलाडी चयन भएका हुन् । पहिलो सिजन पनि उनी धनगढीको मार्की खेलाडी रहेका थिए ।

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।
दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।
पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।
विशाल धनगढीको मार्की खेलाडी






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






