काठमाडौं । ब्वाइज युनियन क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
एन्फा कप्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा ब्वाइजले विरगंज युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो।
ब्वाइजलाई जित दिलाउन मिलन लिम्बुले निर्णायक गोल गरे । उनले खेलको ६४ औं मिनेटमा गोल गरे ।
जितसँगै ब्वाइजले ३ अंक जोडेको छ ।
यस अघि सरस्वती युथ क्लब र श्री भगवती क्लबले जित निकालेका थिए ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।