सिटी क्वाटरफाइनलमा, टोटेनहम बाहिरियो
बुधबार, १८ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा पिटरब्रो युनाईटेडलाई २-० ले हराएर सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
सिटीलाई जित दिलाउन रियाद महरेज र ज्याक ग्रेलिसले एक एक गोल गरे ।
खेलको ६० औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६७ औं मिनेटमा ग्रेलिसले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
अर्को खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २-१ ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ ।
टोटेनहम भने बाहिरिएको छ ।
टोटेनहमलाई मिड्ल्सब्रोले १-० गोल अन्तरले हराएको छ ।
सिटी क्वाटरफाइनलमाटोटेनहम बाहिरियो












