बी लिग आजबाट, तीन खेल हुँदै
मंगलबार, १७ फाल्गुण २०७८खेलपाटी संवाददाता
काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'बी' डिभिजन लिगको पहिलो दिन ३ खेलहरु हुने जनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै तेस्रो खेलमा विरगंज युनाईटेड र बोइज युनियनबीच खेल हुनेछ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।
खेल तालिका :

बी लिग आजबाटतीन खेल हुँदै












