बाँसबारीको मुख्य प्रायोजकमा अराउन्ड द हिमालयज

काठमाडौं । सहिद स्मारक बी डिभिजनमा रहेको काठमाडौंको बाँसबारी क्लबले मुख्य प्रायोजकको रुपमा अराउन्ड द हिमालयजसँग सम्झौता गरेको छ ।
बाँसबारीले हिमलयजसँग एक वर्षको सम्झौता गरेको क्लबले जनाएको छ ।
सम्झौता अनुसार हिमालयजले बाँसबारीलाई १० लाख रुपैया प्रदान गर्नेछ ।
त्यसैगरी, बाँसबारीको नाम भने अराउन्ड द हिमालयज बाँसबारी क्लब रहने छ ।
क्लबले प्रतिस्पर्धा गर्ने हरेक प्रतियोगितामा क्लबको जर्सीमा प्रायोजकको लोगो अंकित हुनेछ ।
यसैबीच क्लबले सहिद स्मारक बी डिभिजनका लागि २३ खेलाडी र ३ प्रशिक्षकसँग सम्झौता गरिसकेको जनाएको छ ।
मुख्य प्रशिक्षकमा निरन बिष्ट र सहायक प्रशिक्षकमा निशान श्रेष्ठ रहेका छन् ।
खेलाडीहरुमा अन्जन देवकोटा (कप्तान), टंकप्रसाद गुरुङ, सुलेमान थापामगर, रवि थापा मगर, रन्जीत श्रेष्ठ, उमेश कार्की, मिनष घले भिष्मराज घिमिरे, निशान सुनार, विशाल स्याङतान, रोशन नेपाल, राजेश पौडेल, बिक्की राई, कोमल खवास, निसान रावल, प्रदीप बोगटी, सञ्जय धिमाल, सुमित श्रेष्ठ, राज कुमार कुँवर, सुदाङस महतो, सन्दिप सेन्चुरी, हार्दिक भण्डारी, सुरज कार्की, अमित टमाटा र प्रीन्स महर्जन रहेका छन् ।












