फुजाले मनाङ छाडे
मंगलबार, १७ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक तोपे फुजाले राजिनामा दिएका छन् ।
नाइजेरिन प्रशिक्षक फुजाले मंगलबार क्लबसमक्ष राजिनामा पत्र बुझाएका हुन् ।
यस वर्षको सहिद स्मारक ए डिभिजनका लागि फुजा मनाङमा आवद्ध भएका थिए ।
फुजा मंसिर २१ मा काठमाडौं आइपुगेका थिए ।
लिगमा मनाङ पाँचौ भएको थियो ।
मनाङले १३ मध्ये केवल ६ खेलमा जित हात पार्दा ३ खेलमा बराबर तथा ४ खेलमा पराजय भोगेको थियो ।
#तोपे फुजा












