काठमाडौं । इटालियन गोलकिपर जियानलुइजी बुफोनले पर्मासँगको सम्झौता नवीकरण गरेका छन् ।
बुफोनले इटालीको दोस्रो डिभिजन क्लब पर्मासँगको सझौता नवीकरण गरेका हुन् ।
सम्झौता नवीकरणसँगै बुफोन २०२४ सम्म पर्मामा रहने छन् ।
भेट्रान गोलकिपर बुफोन गत समरमा पर्मा फर्किएका थिए ।
इटालीका पूर्व कप्तान बुफोन २० वर्षपछि पर्मा फर्किएका हुन् ।
विश्वकप विजेता बुफोन पर्माको एकडेमीमा हुर्किएर २००१ मा युभेन्ट्स गएका थिए ।
युभेन्ट्समा १७ वर्ष बिताएर बुफोन सन् २०१८ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए ।
४४ बुफोनले युभेन्ट्सबाट १० सिरी उपाधि जितेका छन् । यस्तै ४ पटक कोपा इटालिया जितेका छन् ।