रुसमाथि फिफा र युईएफएको प्रतिबन्ध
सोमबार, १६ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसलाई अर्को सूचना नआएसम्मको लागि प्रतिबन्ध गरेको छ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूईएफएले रुसमाथि प्रतिबन्ध गरेको हो।
फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको छ ।
फिफाको प्रतिबन्धसँगै रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न पाउने छैनन्।
यस्तै रुसी क्लब मस्को युरोपा लिगबाट बाहिरिएको छ ।
फिफाले आइतबार मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो ।
फिफा र युईएफएद्वारा रुस निलम्बित







_1727591754-1766731628489.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)

