काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को टिम झापा एफसी र नेपाली खेलकुद पोशाक निर्माण कम्पनि कन्दुका नेपालबीच सम्झौता भएको छ ।
झापाले नयाँ सिजनको एनएसएलका लागि इक्विप्मेन्ट पार्टनरको रुपमा कन्दुकासँग सम्झौता गरेको हो ।
कन्दुका ट्रेडर्सका ज्ञान बिक्रम भुसाल र झापाका महासचिव सुजन गौतमले सझौता पत्रमा हस्ताक्षर गरे ।
झापा एनएसएलको नयाँ टोलीको हो । झापाले दोस्रो संस्करणको एनएसएल खेल्नेछ ।
झापाले मार्की खेलाडीमा अन्जन विष्टलाई अनुबन्ध गरिसकेको छ ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।
दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।
पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।