मार्स लिड्सको मुख्य प्रशिक्षक बन्दै
सोमबार, १६ फाल्गुण २०७८खेलपाटी संवाददाता
काठमाडौं । प्रिमियर लिग क्लब लिड्स युनाईटेडले जेसी मार्सलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने भएको छ ।
आरबी लाइपजिगका पूर्व प्रशिक्षकलाई लिड्सले मुख्य प्रशिक्षक नियुक्त गर्न लागेको बीबीसीले जनाएको छ ।
लिड्सले आइतबार मुख्य प्रशिक्षक मार्सेलो बिएल्सालाई बर्खास्त गरेको थियो ।
यस सिजन क्लबले खराब प्रदर्शन जारी राखेपछि लिड्सले बिएल्सालाई बर्खास्त गरेको हो ।
शनिबार राति लिड्स टोटेनहमसँग ४-० ले पराजित भएको थियो ।
६६ वर्षीय प्रशिक्षक २०१८ मा लिड्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।
लिड्स यस सिजन २३ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
मार्स लिड्सको मुख्य प्रशिक्षक बन्दै







_1727591754-1766731628489.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)

