काठमाडौं । इंग्लीस फुटबल एसोसिएसन (एफए) ले रुससँग अनिश्चित समयसम्म कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेल्ने जनाएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेपनि युक्रेनको जनतासँग ऐक्यवद्धता व्यक्त गर्दै रुससँग कुनैपनि अन्तर्राष्ट्रिय खेल नखेल्ने जनाएको हो ।
इंग्लीस एफएले सोमबार एक वक्तव्य जारी गर्दै रुसको आक्रमणको निन्दा गर्नुका साथै कुनैपनि खालको फुटबल नखेल्ने जनायो ।
यस अघि फुटबलको सर्वोच्च निकाय फिफाले भने रुसले खेल्ने खेलहरु तटस्थ मैदान, कुनै राष्ट्रिय गान तथा समर्थक विना खेल्नुपर्ने जनाएको थियो ।
यता पोल्यान्ड र स्वीडेनले रुसविरुद्ध फिफा विश्वकप छनोटका खेलहरु नखेल्ने घोषणा गरिसकेका छन् ।