रुसले राष्ट्रिय झण्डा बिना खेल्नु पर्ने
सोमबार, १६ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । रुसले राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल खेल्नुपर्ने भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको छ ।
फिफाको निर्देशनसँगै रुसले अब फुटबल युनियन अफ रसियाको नाममा तथष्ट भएर अन्तराष्ट्रिय खेल खेल्नेछ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि फिफाले झण्डा र राष्ट्रिय गानमा प्रतिबन्ध गरेको हो ।
आक्रमणकै विरोधमा पछिल्लो समय युरोपका विभिन्न देशले रुससँग खेल्ने अस्विकार गरेको छ ।
जसमा इंग्ल्यान्ड, वेल्स, पोल्याण्ड, चेक रिपब्लिक र स्विडेन रहेका छन् ।
रुसले राष्ट्रिय झण्डा बिना खेल्नु पर्ने







_1727591754-1766731628489.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)

