लाजियोलाई हराउँदै नापोली शीर्ष स्थानमा
सोमबार, १६ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले लाजियोलाई हराएको छ ।
गएराती भएको खेलमा नापोलीले लाजियोलाई २-१ गोल अन्तरले हराएको हो।
खेलको ६२ औं मिनेटमा लोरेन्जो इन्साइनले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ८८ औं मिनेटमा पेड्रोले गोल गर्दै लाजियोलाई १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा फाबियन रुइजले गोल गर्दै नापोलीलाई २-१ को जित दिलाए ।
जितसँगै नापोली लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
नापोलीले २७ खेलमा ५७ अंक जोडेको छ ।
लाजियो ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
लाजियोलाई हराउँदै नापोली शीर्षमा







_1727591754-1766731628489.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)

