बार्सिलोनाको फराकिलो जित
सोमबार, १६ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई हराएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई ४-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा खेलको ३७ औं मिनेटमा पिएरे एमरिक अबमेयाङले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ७३ औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।
लुक डी योङले ९० औं मिनेटमा गोल गर्दा बार्सिलोनाको अग्रता तेब्बर बन्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा मेम्फिस डीपेले गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।
जितसँगै बार्सिलोनाले २५ खेलमा ४५ अंक जोडेको छ ।
बार्सिलोना लिगको चौंथो स्थानमा उक्लिएको छ ।
बिल्बाओ ३७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
बार्सिलोनाको फराकिलो जित







_1727591754-1766731628489.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)

