काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबल बोरुसिया डर्टमण्ड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा डर्टमण्डले अग्स्वर्गसँग १-१ गोलको बराबरी खेलेको हो ।
सुरुआती अग्रता जोगाउन नसक्दा डर्टमण्ड रोकिएको हो ।
खेलको ३५ औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७८ औं मिनेटमा नो बाजीले गोल गर्दै अग्स्वर्गलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै डर्टमण्डले २४ खेलमा ५० अंक जोडेको छ ।
डर्टमण्ड लिगको दोस्रो स्थानमा रहेको छ ।
अग्स्वर्ग २३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।