काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा वेस्ट ह्यामले उल्भ्सलाई १-० गोल अन्तरले हराएको हो ।
वेस्ट ह्यामलाई जित दिलाउन टोमस सौसेकले निर्णायक गोल गरे ।
उनले खेलको ५९ औं मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै वेस्ट ह्यामले २७ खेलमा ४५ अंक जोडेको छ ।
वेस्ट ह्याम पाँचौं स्थानमा रहेको छ ।
उल्भ्स ४० अंक जोडेर आठौं स्थानमा रहेको छ ।