काठमाडौं । यू-१८ राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बन्द प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी बाहिरिएको जनाएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले प्रारम्भिक चरणमा ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए । १० खेलाडी बाहिरिएसँगै अब ३० खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।
भारतमा आयोजना हुने साफ यू-१८ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीले गत सोमबारबाट तयारी गरिरहेको छ ।
यू-१८ महिला च्याम्पियनसिपको खेल तालिका समेत सार्वजनिक भईसकेको छ ।
भारतको जमशेदपुरमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहने छ ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ ।
दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ ।
यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।
शीर्ष टोलीले उपाधि जित्नेछ ।
नेपाली टोली -
सावित्री किशन, लिला जोशी, पुजा थापा, सम्झना चौधरी, सबिना चौधरी, मन्जु कुमारी खड्का, प्रतिक्षा चौधरी, गङ्गा कुमारी चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, सिमा रावल, विपना स्नेही, दिव्या यास्माली मगर, दिपा शाही, अनु राई, हिमा रावत, सरस्वती हमाल, प्रिती राई, सुस्मा जिटी, शुनकला राई, अन्जली मछामासी, तुलशा बोहरा, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सन्दिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई, गरिमा राई