अनन्त प्रशिक्षणमा सामेल
आइतबार, फागुन १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङले इन्डियन सुपर लिग (आईएसएल) टोली स्पोर्टिङ क्लब इस्ट बंगालमा प्रशिक्षण सुरु गरेका छन् ।
गत साता इस्ट बंगालसँग सम्झौता गरेका अनन्तले प्रशिक्षण सुरु गरेको क्लबले जनाएको छ ।
आईएसएल क्लब इस्ट बंगालले गत बुधबार अनन्तलाई अनुबन्ध गरिएको जनाएको थियो ।
इस्ट बंगालले सेन्टर ब्याक अनन्तलाई यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।
अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
तस्बिर - SC East Bengal



अनन्त प्रशिक्षणमा सामेल







-1762856022963.jpg&w=3840&q=75)





