लिड्सद्वारा प्रशिक्षक बर्खास्त
आइतबार, फागुन १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब लिड्स युनाईटेडले मुख्य प्रशिक्षक मार्सेलो बिएल्सालाई बर्खास्त गरेको छ ।
लिड्सले आइतबार अर्जेन्टिनी प्रशिक्षक बिएल्सालाई बर्खास्त गरेको हो ।
यस सिजन क्लबले खराब प्रदर्शन जारी राखेपछि लिड्सले बिएल्सालाई बर्खास्त गरेको हो ।
शनिबार राति लिड्स टोटेनहमसँग ४-० ले पराजित भएको थियो ।
६६ वर्षीय प्रशिक्षक २०१८ मा लिड्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।
लिड्स यस सिजन २३ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
लिड्स प्रशिक्षक बर्खास्त







-1762856022963.jpg&w=3840&q=75)





