कोरियन मिडफिल्डर चान उल्भ्सको स्थायी खेलाडी
बुधबार, १२ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले मिडफिल्डर ह्वाङ हि चानलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ।
उल्भ्सले दक्षिण कोरियाका मिडफिल्डरलाई जर्मन क्लब आरबी लाइपजिगबाट अनुबन्ध गरेको हो।
कोरियन मिडफिल्डरले उल्भ्ससँग २०२६ सम्मको सम्झौता गरेका छन् ।
चानले उल्भ्सका लागि यस सिजन १४ लिग खेलमा ४ गोल गरेका छन् ।
२६ वर्षीय मिडफिल्डर गत सिजन लोनमा उल्भ्स आएका थिए ।
चानले दक्षिण कोरियाका लागि ४३ खेलमा ७ गोल गरेका छन् ।
कोरियन मिडफिल्डर चान उल्भ्सको स्थायी खेलाडी








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

