रुपन्देही क्रिकेटको अध्यक्षमा गौचनको उम्मेदवारी घोषणा
बिहिबार, पुष २२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व बलर शक्ति गौचनले जिल्ला क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् ।
गौचनले बिहीबार सामाजिक संजालबाट अध्यक्ष पदका लागि उम्मेदवारीको घोषणा गरेका हुन् ।
रुपन्देही जिल्लाको निर्वाचन आगामी माघ ५ गते हुनेछ ।
गौचनले उम्मेदवारी घोषणा गर्दै रुपन्देही जिल्लालाई क्रिकेटमा उत्कृष्ट जिल्ला बनाउने लक्ष्य लिएको बताएका छन् ।
'क्रिकेट खेल र खेलाडीको निमित्त नयाँ सोच, नयाँ भिजनका साथ रुपन्देहीलाई क्रिकेटमा उत्कृष्ट बनाउने लक्ष्य लिएर रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा उमेदवारी दिंदै छु,' उनले भनेका छन् ।
रुपन्देही क्रिकेटको अध्यक्षमा गौचनको उम्मेदवारी घोषणा







-1761469666142.jpg&w=3840&q=75)



-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)