भानुकाद्वारा सन्यास घोषणा
बुधबार, पुष २१, २०७८खेलपाटी संवाददाता

काठमाडौं । श्रीलंकाका ब्याट्सम्यान भानुका राजपाक्षेले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।
३० वर्षीय भानुकाले बुधबार श्रीलंका क्रिकेटलाई पत्र पठाउँदै सन्यास घोषणा गरेका हुन् ।
भानुकाले पारिवारिक कारण देखाएर सन्यास घोषणा गरेका हुन् ।
भानुकाले श्रीलंकाका लागि ५ एकदिवसीय र १८ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
उनी २०२१ को टी-ट्वान्टी विश्वकपमा श्रीलंकाको टिममा रहेका थिए ।
भानुका विश्वकपमा श्रीलंकाका लागि सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा रहेका थिए ।
विश्वकपमा उनले ८ खेलमा १ सय ५५ रन बनाएका थिए ।
भानुकाद्वारा सन्यास घोषणा







-1761469666142.jpg&w=3840&q=75)



-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)