रत्ननायके श्रीलंकाको अन्तरिम प्रशिक्षक
बुधबार, पुष २१, २०७८खेलपाटी संवाददाता
काठमाडौं । श्रीलंकाले पुरुष क्रिकेट टिमको अन्तरिम प्रशिक्षकमा रुमेश रत्ननायकेलाई नियुक्त गरेको छ ।
श्रीलंका क्रिकेटले जिम्बावेविरुद्धको सिरिजका लागि रत्ननायकेलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको हो ।
रत्ननायके श्रीलंकाका पूर्व फास्ट बलर हुन् ।
श्रीलंकाले यसै महिना जिम्बावेविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय जनवरी १६ मा हुनेछ ।
मिकी अर्थरले टिम छाडेपछि श्रीलंका मुख्य प्रशिक्षक विहीन रहेको छ ।
रत्ननायके श्रीलंकाको अन्तरिम प्रशिक्षक







-1761469666142.jpg&w=3840&q=75)



-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)