बेसीसहर । बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार दुई सेमिफाइनलका खेलहरु हुँदैछन् ।
मंगलबार हुने पहिलो सेमिफाइनलमा आयोजक त्रिवेणी युवा क्लब र श्री भगवतीबीच खेल हुनेछ । यस खेल बिहान ११ बजे सुरु हुनेछ ।
क्वाटरफाइनलमा रामपुर फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिवेणी अन्तिम चारमा पुगेको हो।
क्वाटरफाइनलमा श्री भगवतीले एमसीटीलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।
यस्तै दोस्रो सेमिफाइनलमा समाज कल्याण र बुद्ध युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
क्वाटरफाइनलमा समाज कल्याणले कालिका स्पोर्ट्स एकेडेमीलाई ३-२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
बुद्धले क्वाटरफाइनलमा लालीगुराँस युवा क्लबलाई ३-० ले हराएको थियो ।
दुबै खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ । खेलपाटीको फेसबुक र युट्युबमा प्रत्यक्ष प्रशारण हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।