काठमाडौं । पहिलो संस्करणको सेन्ट जोसेफ कप नकआउट फुटबल प्रतियोगिता माघ १० गतेबाट सुरु हुने भएको छ ।
सेन्ट्रल कलेज २८ बिगाहा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिता माघ २६ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा नवलपुर जिल्लाका स्थानीय क्लबले सहभागीता जनाउनेछन् ।
प्रतियोगिताको विजेतालाई १ लाख ३० हजार रुपैयाँ सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
उपविजेता टोलीले ८० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सम्पुर्ण खेल कुमारवर्ती क्याम्पसको खेल मैदानमा हुनेछ ।
प्रतियोगितालाई कावासोती सेन्ट जोसेफ बोर्डिङ स्कुले मुख्य रुपमा प्रायोजन गरेको छ । प्रतियोगिताको समन्वय नवलपुर जिल्ला फुटबल संघले गर्नेछ ।