बेसीसहर । समाज कल्याण बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको क्वाटरफाइनलमा कालिका स्पोर्ट्स एकेडेमीलाई ३-२ गोल अन्तरले हराउँदै समाज कल्याण अन्तिम चारमा पुगेको हो ।
समाज कल्याणको जितमा याओ कोआस्सीले दुई गोल गरे । उनी म्यान अफ दि म्याच समेत चुनिए।
यस्तै चन्दन दासको नाममा एक गोल रह्यो ।
कालिकाका आमिर श्रेष्ठ र फोडे फोफानाले एक एक गोल फर्काए ।
अब मंगलबार हुने पहिलो सेमिफाइनलमा त्रिवेणी युवा क्लब र श्री भगवतीबीच खेल हुनेछ ।
दोस्रो खेलमा समाज कल्याण र बुद्ध युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।