बेसीसहर । साविक विजेता त्रिवेणी युवा क्लब बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको क्वाटरफाइनलमा रामपुर फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिवेणी अन्तिम चारमा पुगेको हो ।
त्रिवेणीको जितमा राज गुरुङले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो । रामपुरका अन्जेश लामाले आत्मघाती गोल गरे ।
यस्तै रामपुरका नबराज गुरुङले एक गोल फर्काए ।
खेलमा त्रिवेणीका सोनाम तामाङ म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत नै आज हुने अन्तिम क्वाटरफाइनलमा कालिका स्पोर्ट्स एकेडेमी र समाज कल्याणबीच खेल हुनेछ।
यस खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ । खेलपाटीको फेसबुक र युट्युबमा प्रत्यक्ष प्रशारण हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।