बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

समस्या समाधान भयो, खुशी छौँ - पुबुदु

सोमबार, १९ पौष २०७८खेलपाटी संवाददाता
समस्या समाधान भयो, खुशी छौँ - पुबुदु
Classic Tech Internet Ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच देखिएको विवाद समाधान भएको बताएका छन् ।

राष्ट्रिय टिमको प्रशिक्षण अघि टियु क्रिकेट मैदानमा संचारकर्मीसँग कुरा गर्दै पुबुदुले समस्या समाधान भएको बताएका हुन् ।

पुबुदुले क्रिकेटमा देखिएको समस्या समाधान हुँदा सबै खुशी भएको समेत बताए ।

' केहि समस्याहरु थियो । तर, हामी समाधान गर्न सफल भयौं । सबै खुशी छौँ । मलाई आशा छ भोलि वा केहि दिनमा पुरै टिमको प्रशिक्षण सुरु हुनेछ,' पुबुदुले भने ।

ओमानमा आयोजना हुने आईसीसी पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएको हो ।  

May be an image of 3 people, people standing and outdoors

पहिलो दिनको प्रशिक्षणमा १४ खेलाडी उपस्थित भएका छन् । बाँकी १६ खेलाडी भने कोभिड-१९ को पीसीआर नगरेको कारण उपस्थित भएका छैनन् ।

प्रशिक्षक पुबुदुले टिम अहिले एकै लक्ष्यमा रहेको समेत बताए ।

'हामीबीच धेरै सकारात्मक छलफल भयो । सबैले बुझेका छन् । हामी एक लक्ष्यमा काम गरिरहेका छौँ,' उनले भने, 'मेरो विचारमा यो मुद्दा समाधान भएको छ ।'

पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाही गरेपछि क्यान र खेलाडीबीच विवाद उत्कर्षमा पुगेको थियो।

क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो । क्यानले कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई समेत जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो। 

May be an image of 11 people, people playing sports, people standing, grass and text that says 'khelpati khelpati.com www.khelp www. khelpati. khelpati.com elpati.com khelpati.com P खेतलपाटी'

यस्तै क्यानले मल्ल र दीपेन्द्रसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रिय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको थियो । 

जसको कारण कारबाहीमा परेका पूर्व कप्तान मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीसहित १४ खेलाडीले प्रशिक्षणका लागि रिपोर्टिङ गरेका थिएनन् ।

तर, क्यानले कारबाहीमा परेका चार खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टको ग्रेडिङमा समावेश गराउने भएपछि सहमति बनेको हो । र, खेलाडी प्रशिक्षणमा फर्कन राजी भएका थिए ।

यस्तै प्रशिक्षक पुबुदुले विश्वकप छनोटका लागि टिमका लागि तयारी प्रयाप्त रहेको समेत बताए ।

'मलाई तयारीको चिन्ता छैन किनकी हामीसँग प्रयाप्त समय रहेको छ,' उनले थपे ।

Bajaj Pulsar Motorcycle Ad
समस्या समाधान भयोखुशी छौँ - पुबुदु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

मुख्य प्रशिक्षक हर्षल भन्छन्–  महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

Bajaj Pulsar Motorcycle Ad
दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

सन्तोष र अनिश एपीएफमा

सन्तोष र अनिश एपीएफमा

एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र

एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र

 शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन