बेसीसहर । बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबार दुई क्वाटरफाइनलका खेलहरु हुँदैछन् ।
आज हुने पहिलो खेलमा साविक विजेता त्रिवेणी युवा क्लब र रामपुर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल बिहान ११ बजे सुरु हुनेछ ।
प्रतियोगितामा त्रिवेणीले पहिलो खेलमा भिमाद युथ क्लबलाई २-० ले पराजित गरेको थियो भने रामपुरले बेसीसहर युथ सोसाईटी २-१ ले पराजित गरेको थियो ।
दोस्रो खेलमा कालिका स्पोर्ट्स एकेडेमी र समाज कल्याणबीच खेल हुनेछ । यस खेल दिउँसो २ बजे सुरु हुनेछ ।
कालिकाले यस अघि ब्रिटिश गोर्खालाई १-० ले पराजित गरेको थियो भने समाजले न्यु आदर्श युवा क्लबलाई २-०ले हराएको थियो ।
दुबै खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ । खेलपाटीको फेसबुक र युट्युबमा प्रत्यक्ष प्रशारण हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।