काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीलाई कोभिड-१९ को संक्रमण भएको छ।
पीएसजीले आइतबार मेस्सीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि गरेको छ ।
कोभिड संक्रमण भएपछि मेस्सी सेल्फ आईसोलेसनमा बसेका छन् ।
अर्जेन्टिनाका कप्तान मेस्सीले यस सिजन लिग वानको ११ खेलमा १ गोल गरेका छन् ।