काठमाडौं । नयाँ वर्ष २०२२ ले विश्व खेलकुदलाई धेरै दिन सक्नेछ र विश्वास गरौं, यी सबै उत्तिकै सम्झनलायक हुनेछन् । यो वर्ष पनि केही ठूल ठूला खेल महोत्सवको अवसर जुरेको छ । त्यसमा दुई ठूलो प्रतियोगिता हुन्, बेइजिङमा हुने शीतकालीन ओलम्पिक्स र कतारमा हुने विश्वकप फुटबल । शीतकालीन ओलम्पिक्सको लोकप्रियता खास केही क्षेत्रमा मात्र रहेको छ, तर जति बेला विश्वकप फुटबल सुरु हुनेछ, त्यसले पक्कै पनि पूरा विश्वलाई आफ्नो पकडमा राख्ने छ ।

यही वर्ष अन्य केही ठूला प्रतियोगिता पनि हुनेछन् । त्यसमा पहिलो इंग्ल्यान्डको बर्मिङ्घममा हुने कमनवेल्थ गेम्स र दोस्रो इंग्ल्यान्डमै हुने, वुमेन्स युरो २०२२ हुन् । यस्तै यसपल्ट रग्बीको विश्वकप पनि हुनेछ र यो पनि इंग्ल्यान्डमै हुनेछ । त्यति मात्र होइन्, पुरुष र महिला दुवैको क्रिकेट विश्वकप पनि यही वर्ष हुनेछ । त्यसमा एउटा वान डे र अर्को ट्वान्टी ट्वान्टी विश्वकप रहेको छ । तर पनि दोहराएर भन्नु पर्ने हुन्छ, सन् २०२२ विश्वकप फुटबलका लागि सम्झिने छ र फुटबल प्रेमी सबै यही प्रतियोगिताको व्यग्र प्रतीक्षामा हुनेछ ।
र, यसपल्टको विश्वकप धेरै अर्थमा फरक र विशेष हुनेछ । यसको एउटा प्रमुख कारण त प्रतियोगिता आफै कतारको प्रचण्ड गर्मी छल्न नोभेम्बर र डिसेम्बरमा हुनेछ । यसबीच एउटा मूल प्रश्न भने अझै सबैसामु कायम छ र यो हो, कोभिड संक्रमणको महामारीले फेरि देखिन थालेको बेला के सबै प्रतियोगिता पूर्व घोषित समयमै हुनेछ त ? भए पनि त्यसमा दर्शकले सजिलै प्रवेश पाउने छन् कि छैनन् ? प्रवेश पाए पनि कति संख्याले ?

यसको उत्तर तत्काल हामी कोहीसँग छैन् । पूर्व निर्धातिर कार्यक्रम अनुसार नै जाने हो भने फेब्रवरी ४ देखि २० सम्म बेइजिङमा शीतकालिन ओलम्पिक्स हुनेछ । मार्च ४ देखि अप्रिल ३ सम्म न्युजिल्यान्डमा क्रिकेटको वुमेन्स विश्वकप हुनेछ । जुलाई आइपुग्दा त्यस महिनाको ६ देखि ३१ सम्म वुमेन्स युरो हुनेछ । ओलम्पिक्स पछि उत्तिकै महत्त्वको मानिने कमनवेल्थ गेम्स जुलाई २८ देखि अगस्टसम्म हुनेछ । अक्टोबर १७ देखि नोभेम्बर १४ बीच भने अष्ट्रेलियाको पुरुषको ट्वान्टी ट्वान्टी विश्वकप आयोजना गर्नेछ ।

यसबीच सबैको ध्यान इंग्ल्यान्ड, स्पेन र इटालीको लिग कसले जित्ने हो, त्यसमा पनि ध्यान हुनेछ । त्यति मात्र होइन्, युरोपेली च्याम्पियन्स लिगको फाइनल पनि उत्तिकै प्रतीक्षा गर्न योग्य दिन हुनेछ, किनभने यसले पस्कने फुटबल सम्भवत: सबैभन्दा माथिल्लो दर्जाको हुनेछ । यस्तै टेनिसका चार ग्रान्ड स्लाम टेनिसलाई पनि धेरैले रूचिपूर्वक हेर्नेछन् । न्युजिल्यान्ड, भारत र दक्षिण अफ्रिकाले टेस्ट क्रिकेटका लागि इंग्ल्यान्डको भ्रमण गर्नेछन् र यस खेलका पारखीको ध्यान त्यसले पनि खिच्ने छ ।
.jpg?auto=webp&fit=crop&format=jpg&quality=100)
तर वर्ष २०२२ मा सबैभन्दा ठूलो आकर्षण हुनेको त त्यही कतारमा हुने विश्वकप नै हो । यो नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछ । अरबमा पहिलो पल्ट हुने लागेको यो विश्वकप यसअघिका संस्करण हुने भन्दा फरक समयमा हुन लागेको हो । त्यसो भनेपछि यही विश्वकप छनोटका लागि हुने खेलले पनि उत्तिकै रोमाञ्चकता उन्पन्न गराउने छ । र, एउटा कामना पनि गरौं, सन् २०२२ को विश्व खेलकुदलाई कोरोना संक्रमणको महामारीले कुनै धक्का दिन नसकोस ।
–बीबीसीको सहयोगमा ।