बेसीसहर । बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछ ।
पहिलो क्वाटरफाइनलमा श्री भगवती युवा क्लबले एमसीटीविरुद्ध खेल्नेछ । पहिलो खेल ११ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो क्वाटरफाइनलमा बुद्ध युवा क्लबले लालीगुराँस युवा क्लबसँग खेल्नेछ । यस खेल दिउँसो २ बजे सुरु हुनेछ ।
क्वाटरफाइनलबाट सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारण हुनेछ ।
खेलपाटी डटकमको फेसबुक र युट्युवबाट खेलको प्रत्यक्ष प्रशारण हुनेछ ।
प्रत्यक्ष प्रशारणका लागि आयोजक र खेलपाटीबीच सम्झौता भएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।